प्रदेशमा रहेर जन्मथलाेलाइ संगितकाे माध्यमबाट सम्झना

 राजेश पायल राई र सुनिता थेगिमको स्वरमा रहेको “म जन्मेको गाउँ प्यारो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। विशाल चाम्लिङ्गको शब्द तथा संगीतमा रहेको उक्त गीतलाई एरेन्ज, मिक्सिङ्ग मास्टरिङ्ग देवेस राईले गरेका हुन्।

परदेशमा हुँदा आफ्नो जन्मथलो, खेले हुर्केको घर आँगनलाई सम्झिएर तयार गरिएको उक्त गीतको म्युजिक भिडियोमा पूर्वेली गाउँ घरकै परिवेसलाई समेटिएको छ। टेम्के देखि साल्तेम सम्मको भू-भागहरु समेट्दा टेम्केमा फूलेको गुराँश देखि साल्तेममा झुलेको धानका बालाहरु उक्त म्युजिक भिडियोमा मजाले हेर्न सकिने छ। किरात राईहरुले नाच्ने साकेला नाच देखि किराती परम्परामा हुने विवाह संस्कार अनि नानाको सायरेमलाई पनि उक्त म्युजिक भिडियोमा हेर्न सकिनेछ।

गीतको म्युजिक भिडियोमा विशाल चाम्लिङ्गममता थेगिमसपना राईसम्झना राई, लिम्दे दम्दिहोमाले अभिनय गरेका छन् भने शान्ता राई अभि हिउसिस राईलाई पनि उक्त म्युजिक भिडियोमा देख्न सकिने छ।

ओम प्रसाईले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई अनिल राईको कोरियोग्राफ, सोनी राईको शृंगार, अनिल कुमार महर्जनको सम्पादन रहेको छ भने म्युजिक भिडियोको कन्सेप्ट र निर्देशन ईन्द्र जिजीबिषाले गरेका हुन्।

भिडियो यहाँ हेर्नुहोला

4 Comments

Leave a Reply to Samjhana Rai Cancel reply

Your email address will not be published. Required fields are marked *